post-slider post-slider

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

Image
A A

काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ।

यस अघि मंगलबार सुरू भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठक सुरू हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्‍याउँदै आफ्नो माग पूरा नभएसम्म संसद अगाडि बढाउन नदिने बताएको थियो।

Tags: