post-slider post-slider

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा, सिटी र आर्सनल बराबरीमा रोकिए

Image
A A

काठमाडौं- लिभरपुलले इंग्लिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २-१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो।

खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ।

लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सालाहले एक एक गोल गरेका थिए।

यसअघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए।

यो जितपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ।

त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ।

प्रिमियर लिगको अर्को खेलमा आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्।

बराबरीमा रोकिँदा समान २९ खेलमा आर्सनलको ६५ र सिटीको ६४ अंक छ।   
  

Tags: