post-slider post-slider

पदाधिकारी बैठकमा देउवाले भने - प्रचण्डले गठबन्धन तोडे, कांग्रेस अब प्रतिपक्षमा बस्छ

Image
A A

काठमाडौं, फागुन २१ - संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ।

माओवादी–एमालेको नयाँ गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो। 

अब आफूहरू प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन्।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए। 
‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो। अब हामी प्रतिपक्षमा रमाउछौं,’ उनले भने। 

 

Tags: