post-slider post-slider

अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गरियो

Image
A A

न्यूयोर्क- अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ।  

म्यासुचेटस  जनरल अस्पताल (एमजिएच)मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो। 

चिकित्सकहरूलाई सो मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो।

सो अस्पतालको विज्ञप्ति अनुसार बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।

अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दाबढी बिरामीहरू रहेका छन्।

शल्यक्रिया गर्ने टोलीका सदस्य डा. तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौं बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’

प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जिन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। 

अस्पतालले भन्याे कि बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचारपछि निको भइरहेका छन् र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।

मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए।

Tags: