post-slider post-slider

काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित सहर

Image
A A

काठमाडौं-  काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हो।

एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार काठमाडौं उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआई मापन गरिएको छ। आइतबार काठमाडौं विश्वको तेस्रो प्रदुषित सहरका रुपमा सूचीकृत रहेको छ ।    

पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।    

यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

प्रदुषण मापनमा शून्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनु पर्ने रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। 

काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

Tags: