post-slider post-slider

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

Image
A A

नयाँदिल्ली- गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ।

सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

नादियादनजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो।

प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो। जुन यो ट्यांकर पूणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो। सोही रोकिराखेको टयांकरमा गएर कार ठोक्किएको हो।

सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन्। दुर्घटनाको खबर पाएलगत्तै दुई वटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो।

दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको प्रहरीले जनाएको छ। शव निकाल्न ट्यांकरको पाता काट्नु परेको थियो। उक्त दुर्घटनाका कारण द्रुतमार्गमा निकै जाम भएको थियो।

प्रहरीले कुनै न कुनै तरिकाले गाडी छेउमा पार्क गरेर जाम हटाएको थियो। मृतकको बुधबार राति अबेरसम्म पनि सनाखत हुन सकेको छैन।

कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ। प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ। कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ।

पछाडिबाट कार कसरी ट्याङ्करभित्र पस्यो भन्ने पनि अनुसन्धान भइरहेको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ।

Tags: