post-slider post-slider

सवा १३ लाख नगदसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

Image
A A

पर्सा- प्रहरीले पर्साबाट हुण्डी कारोबारीलाई नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रविकुमार पटेल रहेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।

वीरगन्ज महानगरपालिका-१४ गण्डकचोकस्थित सडकमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश-२-०३-०१०-प ६७१९ नम्बरको मोटरसाइकलमा सवार पटेललाई पक्राउ गरिएको थापाले बताए।

पटेलले पिठ्यूँमा बोकेको कालो ब्यागभित्र स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँ फेला परेपछि पक्राउ गरिएको थापाले बताए।

पटेलको साथबाट विभिन्न बैंकका सात थान खाली चेकहरू बरामद भएको छ। उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरूद्धको कसुरमा अनुसन्धान थालिएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

Tags: