post-slider post-slider

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा

Image
A A

काठमाडौं - गृह मन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो। 

कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम सरुवा गरिएको छ।

झंकनाथ ढकाललाई गृह मन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय सरुवा गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको छ।

सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा पठाइएको छ।

त्यसैगरी, मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाईंलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र विजयाकुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरिएको छ। ग

Tags: