post-slider post-slider

कति छ राहुल गान्धीको सम्पत्ति?

Image
A A

काठमाडौँ - भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन्। २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सिटबाट चुनाव लडेका थिए।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार व्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए। राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट भएको छैन।

गत निर्वाचनमा उनले भाकपाका पिपी सुनिरलाई चार लाख मतान्तरले पराजित गरेका थिए। यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ।

राहुल गान्धीको चुनावी सपथ पत्रमा धेरै जानकारी बाहिर आएको छ। उनले सम्पत्ति विवरण समेत सार्वजनिक भएको छ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताएका छन्। राहुल गान्धीले आफ्नो सपथ पत्रमा विगत ५ वर्षमा ६ करोड भारु रुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन्।

राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए। यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए।

सपथ पत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ। त्यस्तै, राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन्।

यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गरेका छन्।

हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बिमा जम्मा गरेका छन्। उनीसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन्। यसरी राहुल गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ।

हलफनामाका अनुसार राहुल गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ। राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा शेयर छ।

प्रतिज्ञापत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ।

यसबाहेक राहुल गान्धीको नाममा गुरुग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ।

हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताए। त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे भने उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताएका छन्।
 

Tags: