post-slider post-slider

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। यो सँगै रायमाझी हिरासतमै रहने भएका छन्।

त्यस्तैऽ सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ। उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए।

पूर्वसभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिइएको छ। इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी,  मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ।
  

Tags: