post-slider post-slider

२५ हजारअमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

Image
A A

काठमाडौं, माघ २२ - अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको  डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २९ वर्षीय चुई बिङ्गचान रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

उनको साथबाट २५ हजार अमेरिकी डलर बरामद भएको उक्त कार्यालयले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।  

Tags: