post-slider post-slider

मन्त्रालय बाँडफाँट टुंग्याउन चार सदस्यीय कार्यदल गठन

Image
A A

काठमाडौं, पुस २१ - मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनपछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यविभाजन टुंग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन्।

सोमबार बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्रीमण्डलको संख्या र कार्यविभाजन टुंग्याइने बुझिएको छ।

सोमबार बसेको गठबन्धन बैठकले तीन जना मन्त्रीको टुंगो लगाएको थियो।

यसअघि कांग्रेससँगको गठबन्धन तोड्दै माओवादी केन्द्र, नेकपा एमालेसहितका दलको नयाँ गठबन्धन निर्माण भएको थियो।

यसैबीच, नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो। 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो।  
 

Tags: