post-slider post-slider

सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको सानदार जित

Image
A A

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्र बनाएपछि खेल ३५ रनले हारेको थियो।

यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

यो यस सिजनमा बैंगलुरुको दोस्रो जित हो। ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अंक भएको छ र अंक तालिकामा पुछारमा रहेको छ।

त्यस्तै, सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।

Tags: