post-slider post-slider

कर्णाली नदीमा हामफाल्दा बेपत्ता भएका युवाको शव भेटियो

Image
A A

काठमाडौं, चैत १५ - कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला परेको छ।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीबार टीकापुर नगरपालिका-२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए।

होलीको दिन शाहीसहित १७ जना युवा कर्णाली नदीबाट हामफालेका थिए। तीमध्ये १६ जना पौडी खेलेर निस्किएका थिए। शाही भने पुलबाट हाम्फालेलगत्तै नदीमा डुबेर बेपत्ता भएका थिए।

Tags: