post-slider post-slider

आज तीन मन्त्रीको मात्रै लाग्यो टुंगो, को-को बन्दैछन्?

Image
A A

काठमाडौं, फागुन २१ - नयाँ सत्ता गठबन्धनले आज तीन मन्त्रीको सपथ ग्रहण गराउने भएको छ।

सोमबारै बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनले तत्काल तीन मन्त्रीको टुंगो लगाएको हो।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो।

माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार अन्य वरियता र मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मात्रै अन्य मन्त्री सरकारमा सामेल हुनेछन्।

माओवादीका पुन र रास्वपा सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भइरहेको थियो। आजको बैठकमा मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता टुंगिएन। ‘भागबन्डा र वरियता टुंगो नलागेसम्म शीर्ष नेताहरू सरकारमा सहभागी नहुने निर्णय भएको छ,’ उनले भने।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल सामानुपातिकमा निर्वाचित सांसद हुन्। उनीहरूले कुन मन्त्रालय पाउने भन्नेबारे निर्णय भइसकेको छैन। 

Tags: