post-slider post-slider

विराटनगरमा ३० जनालाई पाँच दिने आधारभूत सहकारी सम्बन्धी तालिम

Image
A A

विराटनगर- प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यलय कोशी प्रदेशको आयोजनामा पाँच दिने आधारभूत सहकारी लेखापालन सम्बन्धी तालिम सम्पन्न भएको छ।

मोरङ जिल्ला सहकारी संघ मोरङ विराटनगरको संयोजनमा वैशाख ९ देखि १३ गतेसम्म भएको लेखापालन तालिममा जिल्लाका ३० सहकारी संस्थाका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। तालिम मोरङ जिल्ला सहकारी संघको तालिम भवनमा भएको थियो।

तालिममा लेखाको परिचय, अवधारण र उद्देश्य, सहकारी खाताहरूको परिचय र हिसाब, गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैद्धान्तिक-प्रयोगत्मक अभ्यास गराइएको थियो।

सो तालिमको समापन कार्यक्रममा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यलयय कोशी प्रदेशका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको थियो।

मोरङ जिल्ला सहकारी संघका सचिव राकेश दाहालले सहकारीताका लागि लेखा महत्वपूर्ण भएको भन्दै तालिममा सिकेका कुरा आफू आबद्ध सहकारीमा प्रयोगमा ल्याउन सुझाव दिएका थिए।

तालिममा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेश इनरुवाका निमित्त रजिस्ट्रार हरिबहादुर खत्री, सहकारी प्रशिक्षक मनोज कार्की, अधिकृत हर्कुलस पोखरा, नायब सुब्बा अविनारायण भट्टराईले प्रशिक्षण दिएका थिए।

Tags: