post-slider post-slider

४ हजार बढी सुरक्षाकर्मी र ड्रोनबाट पशुपति क्षेत्रको सुरक्षा

Image
A A

काठमाडौँ - महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षाका लागि ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना लागू गरेर ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा टोली खटिने छ।

पशुपति क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्रमा आपतकालीन उद्धार टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।

Tags: