post-slider post-slider

ताइवान भूकम्प : अहिलेसम्म ९ जनाको मृत्यु

Image
A A

काठमाडौं- ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ।

ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ। भूकम्पका कारण ८०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेको र त्यस्ता व्यक्तिको संख्या एक सयको नजिक हुन सक्ने बताएका छन्।

यस्ता भिडियोहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ, जसमा राजधानी ताइपेईमा भवनहरू हल्लिरहेको देख्न सकिन्छ।

मिडिया रिपोर्टका अनुसार ताइवानमा पहिलो भूकम्पपछि १०० भन्दा बढी परकम्प गएका छन्। ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार, यो ताइवानमा २५ वर्षमा आएको सबैभन्दा ठूलो तीव्रताको भूकम्प हो।

यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबेला दुई हजारभन्दा बढीको मृत्यु भएको थियो।

Tags: