post-slider post-slider

टंक बुढाथोकीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउँदै

Image
A A

काठमाडौं - गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन्।

उनको क्यारियरको टर्निङ पोइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ।

६ वर्षअगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो।  फिल्मलाई टंक आफैंले निर्देशन गर्दै छन् । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन्।

यस फिल्मको निर्माण टंकसहित एनआरएनका विनय अधिकारी गर्ने बताइएको छ। फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि सुरू हुने बताइएको छ।
 

Tags: