post-slider post-slider

सत्ता गठबन्धन र एमालेलाई पछि पार्दै सैनामैनाको खानेपानीमा रास्वपा विजयी

Image
A A

रुपन्देही - सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रास्वपाले सबै ठूला दललाई पछि पारेको छ।

संस्थाको अध्यक्ष पदमा रास्वपाका उम्मेदवार एकबहादुर क्षत्री विजयी भएका हुन्। उनी कांग्रेस-माओवादी-नेकपा एस- सम्मितलित गठबन्धनलाई हराउँदै विजयी भए भने यहाँ एमाले तेस्रो भएको छ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाका उम्मेदवार क्षत्रीले ७०५ मत ल्याएर निर्वाचित भए। 

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण पाण्डेले ६४१ मत पाए भने एमालेका नारायण थापाले ६२६ मत ल्याए। त्यस्तै यहाँ स्वतन्त्र उम्मेदवार रेशम खाँणले २८१ मत पाए।

त्यस्तै संस्थाका अन्य सबै पदमा भने एमालेका उम्मेदवारहरूले बाजी मारेका छन्। यहाँ गठबन्धन शून्य नै भएको छ। त्यस्तै अन्य पदहरूमा पनि रास्वपाका उम्मेदवार दोस्रो स्थानमा रहन सफल भएका छन्।

उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन्।

Tags: