post-slider post-slider

पुलमुनि शव फेला, मोटरसाइकल दुर्घटनामा मृत्यु भएको आशंका

Image
A A

राजविराज - कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव आज फेला परेको छ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादव रहेका प्रहरीले जनाएको छ।

पुलमुनि  मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म नखुलेको तर घटनाबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Tags: