post-slider post-slider

स्वास्थ्यकर्मीको फेलोसिप व्यवस्थित गर्न मन्त्रालयको चासो

Image
A A

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक स्वास्थ्यकर्मीको लागि आवश्यकताको पत्र (स्टेटमेन्ट अफ निड) प्रदान गर्ने प्रकृयालाई थप व्यवस्थित र एकद्वार गराउन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरीकालगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक स्वास्थ्यकर्मीको लागि आवश्यकताको पत्र प्रदान गर्ने प्रकृयालाई थप व्यवस्थित र एकद्वार गराउन सम्पूर्ण प्रकृया चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको जानकारी दिएको हो। 

विज्ञप्तिअनुसार मन्त्रीस्तरबाट जेठ१ २१ गते भएको निर्णयअनुसार आवश्यकता पत्र आयोगबाट जारी हुने व्यवस्था गर्न गराउन जेठ २२ मा चिकित्सा शिक्षा आयोगमा पत्राचार समेत गरिएको छ। 

‘चिकित्सा शिक्षा आयोगको आवश्यकताको पत्र सम्बन्धी मिति २०७९ माघ २५ को सूचना र आयोगको पत्र सम्बन्धमा आवश्यक कारवाहीको लागि पेश हुँदा ‘संयुक्त राज्य अमेरीका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक स्वास्थ्यकर्मीको लागि आवश्यकताको पत्र  प्रदान गर्ने प्रकृयालाई थप व्यवस्थित र एकद्वार गराउनका लागि उक्त पत्र जारी गर्ने सम्पूर्ण प्रकृया चिकित्सा शिक्षा आयोगबाट हुने, विज्ञप्तिमा उल्लेख छ ।

Tags: