post-slider post-slider

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि शुरु, पार्टी शुद्धीकरणबारे छलफल हुने

Image
A A

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।

पार्टीको ७औँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।

साथै बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।

Tags: