post-slider post-slider

‘करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश भएको छैन’

Image
A A

काठमाडौं - अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माण र करका दरहरु हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले करका दरहरु हेरफरमा कुनै घुसपैठ नभएको दाबी गरेका हुन्।

उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा शंका नगर्न आग्रह गरे।

‘बजेट पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेशलगायतका विषयमा शंका गर्नु पर्दैन। बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रतापूर्वक निर्णय भएको छ,’ महतले भने,‘सञ्चारमाध्यममा एका कुरा होइन सरकारका गतिविधिलाई विश्वास गर्न मेरो आग्रह छ।’

आफू कसम खाएर इमानदारपूर्वक काम गर्न बसेको महतले बताए।

‘इमानदारपूर्वक काम गर्छौं भनेर बसेका मान्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मल्दिैन, हामी कसम खाएर काम गर्न बसेकलाई असत्य मान्न भएन,’ उनले भने।

मन्त्री महतले आर्थिक विधेयक टाइप गर्ने प्रयोजनका लागि मात्र भन्सारका करार कर्मचारी रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको उल्लेख गरे।

’रामकृष्ण श्रेष्ठजी २० औं वर्षदेखि यही काम गर्दै आएको इमानदार, दक्ष, अनुभवी कर्मचारी हुनुहुँदो रहेछ,’ महतले भने, ‘आधिकारिक व्यक्तिले निर्णय गरेका करका दरहरु उहाँले टाइपमात्रै गर्नुभएको हो।’

मन्त्री महतले आफूभन्दा अघिका अर्थमन्त्रीहरुले पनि उनलाई प्रयोग गर्दै आएकाले आफूले पनि सोही कुरा मानेको प्रष्ट पारे।

मन्त्री महतले बिचौलियालाई आफूले छेउछाउमा आउन समेत नदिएको दाबी गरे।

 

Tags: