post-slider post-slider

हङकङको कमाइले जन्मगाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

Image

उर्लाबारी, फागुन ३ - मोरङको उर्लाबारीबाट रोजगारको शिलशिलामा हङकङ पुगेका युवाले आफू जन्मे-हुर्केको गाउँका बासिन्दालाई अस्पतालसम्मको पहुँच सहज बनाउन एम्बुलेन्स प्रदान गरेका छन्।

उर्लाबारी नगरपालिकामा रही हङकङ बस्दै आएका युवाका परिवारले २५ लाख ५० हजार रुपैयाँ संकलन गरी पठाएको पैसाले खरिद गरेको एम्बुलेन्स नगरको वडा नम्बर ९ ले सञ्चालन गर्न थालेको छ। माघ १४ गते बाट एम्बुलेन्स सेवा सुरू गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए।

वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्सले विपन्न परिवारलाई नि:शुल्क सेवा दिनेछ। नगरले विपन्न परिवार सम्बन्धी कार्यविधि बनाइरहेको छ।

हङकङमा बस्दै आएका उर्लाबारीका युवा याम सेम्बु र साङ्गेहाङ तुम्बाहाम्फे।


कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिने छ। परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरू सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइने छ।

एम्बुलेन्स खरिदका लागि हाल हङ्कङमा रहेका उर्लाबारी-९ का याम सेम्बुले एक्लै ५ लाख ३० हजार १ सय ७६ रुपैयाँ सहयोग गरेका थिए।

सेम्बु र साङ्गेहाङ तुम्बाहाम्फेको सक्रियतामा एम्बुलेन्स खरिद गर्ने रकम जुटको हो।

एम्बुलेन्सका लागि चालक र इन्धन खर्च उर्लाबारी नगरपालिकाले व्यहोर्ने छ।

Tags: