post-slider post-slider

बालुवाटारमा गठबन्धनसँग सकारात्मक दललाई सरकारमा लैजाने सहमति, समाजवादी के गर्छ?

Image
A A

काठमाडौं, फागुन  २१ - सोमबारदेखि नयाँ गठबन्धन बनेसँगै प्रमुख चार दल अन्य दललाई सहभागी गराउन सहमत भएका छन्।

नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल गठबन्धनप्रति सकारात्मक अन्य दललाई नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन्। 

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनमा समेटने निर्णय गरेपछि बसेको प्रमुख चार दलको बैठकमा सो सहमति भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेका उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।  

‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरू दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन्,’ प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले भने।

समाजवादी ‘पर्ख र हेर’को रणनीतिमा

सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले ‘पर्ख र हेर’को नीति अबलम्बन गर्ने भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपालगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवहारका आधारमा निर्णय लिने निर्णय गरेको हो।

अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ।

बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन। तसर्थ, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण-दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’

माओवादी केन्द्र समाजवादीलाई पनि नयाँ गठबन्धनमा सहभागी गराएर जानुपर्ने पक्षमा छ।

Tags: