post-slider post-slider

कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

Image
A A

कास्की, चैत १८-  कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रुबाहक जिप सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ। घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताए।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको शर्माले बताए।

Tags: