post-slider post-slider

प्रिमियर लिग : सिटीको जितमा फोडेनको ह्याट्रिक

Image
A A

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

उपाधि होडमा प्रतिस्पर्धा गरिरहेको सिटीले एस्टन भिल्ला र आर्सनलले लुटनलाई पराजित गरेको हो।

सिटी र आर्सनल दुबै शीर्ष स्थानमा रहेको लिभरपुलसँग उपाधि प्रतिस्पर्धामा छन्।

बुधबार राति भएको खेलमा सिटीले भिल्लालाई ४-१ ले पराजित गर्‍यो। सिटीको जितमा मिडफिल्डर फिल फोडेनले ह्याट्रिक गरेका थिए।

उनले पहिलो हाफको इन्ज्युरी समय, ६२ र ६९ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।

खेलमा सिटीका लागि पहिलो गोल रोड्रीले ११ औं मिनेटमा गरेका थिए। २० मिनेटमा भिल्लाका जोन डुरानले गोल फर्काएका थिए।

तर, दोस्रो हाफमा भिल्ला खेलमा फर्किन सकेन। जितसँगै ३० खेलसाथ सिटी ६७ अंकमा छ।

एक खेल कम खेलेको लिभरपुलको ६७ अंक छ। भिल्लाको भने ३१ खेलमा ५९ अंक हेको छ।

अर्को खेलमा आर्सनलले लुटनलाई २-१ ले पराजित गरेको छ। आर्सनलको जितमा मार्टिन ओडेगार्डले २४ मिनेटमा र डेइकी हासिओकाले ४४ मिनेटमा गोल गरेका थिए।

३० खेल खेलेको आर्सनलको ६८ अंक छ।  

Tags: