post-slider post-slider

टुट्यो सत्ता गठबन्धन, एमाले सरकारमा जाँदै, आजै मन्त्रीमण्डल बन्ने

Image
A A

काठमाडौं, फागुन २१ - नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ।

संक्रमणकालीन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो।
एमाले सचिवालय बैठकपछि सो बारेमा औपचारिक जानकारी आएको हो।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

उता बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि गठबन्धन नयाँ बनेको बताएको छ।

एमाले र माओवादी गठबन्धन बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनबारे निर्णय गर्ने जिम्मा सभापति रवि लामिछानेलाई दिएको छ। 

 

Tags: