post-slider post-slider

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङलाई साढे ६ हजार मतको अग्रता

Image
A A

काठमाडौं- इलाम- इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार मत कटाउँदा मतान्तर साढे ६ हजार मतको फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३८६ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ०९८ मत प्राप्त गरेका छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ७१२ मत प्राप्त गरेका छन्।

Tags: