post-slider post-slider

मधेस प्रदेशमा जनमत पार्टीका सतिश सिंहको दाबी पेश

Image

जनकपुर- जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्।

बिहीबार राति अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले शुक्रबार बिहानै दाबी पेस गरेका हुन्। 

सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका छन्। 

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन्। 

यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि मधेस प्रदेश सरकार नयाँ बन्न लागेको हो।

Tags: