post-slider post-slider

घट्यो पेट्रोल र डिजेलको मूल्य, ग्यासको यथावत्

Image
A A

काठमाडौं, चैत २ - पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले शुक्रबार पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार नयाँ मूल्यसूची शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

newskarkahna-news661340.1710515675.jpg

Tags: