post-slider post-slider

काठमाडौंसहित पहाडी भेगमा धूमधाम होली

Image
A A

काठमाडौं, चैत ११- सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाएको छ।

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ।

आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली पर्व मनाइएको छ।

नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी भए। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन, नाचगान पनि गरिन्छ।

बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।

हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ।

यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किम्बदन्ती छ।

अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ।

होली पर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ ।

Tags: