post-slider post-slider

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

Image
A A

काठमाडौं, चैत २२- नेपाली बजारमा सुनको भाउले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि बुधबार पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो। 

बिहीबार चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ।

बुधबार चाँदीको भाउ प्रतितोला १६ सय १० रुपैयाँ थियो। 

Tags: