post-slider post-slider

सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

Image
A A

काठमाडौँ - योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन्। सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो।

पतञ्जली आयुर्वेदको 'भ्रामक विज्ञापन' सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ। पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन्। रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ।'

फेब्रुअरी २७ गते सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो।

सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ। अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो।

Tags: