post-slider post-slider

प्रिमियर लिगमा सिटीको संघर्षपूर्ण जित

Image
A A

काठमाडौं, फागुन ९ (एजेन्सी) - प्रिमियर लिगको साबिक बिजेता म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित हासिल गरेको छ।

बुधबार बिहान राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण १-० को जित निकालेको हो।

सिटीलाई जिताउन एर्लिङ हाल्याण्डले खेलको ७१ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

ब्रेन्टफोर्डलाई दबाबमा राखे पनि सिटीले गोल गर्न भने संघर्ष गर्नुपरेको थियो।

जितसँगै सिटी ५६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समान २५ खेल खेलको लिभरभुल ५७ अंकसाथ शीर्षस्थानमा रहेको छ।

 

Tags: