post-slider post-slider

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

Image
A A

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन्।

गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। पाण्डेले भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो। तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन्।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्. 

Tags: