post-slider post-slider

ललितपुरमा छुरा प्रहार गरी दुई जनाको हत्या

Image
A A

काठमाडौं-  होलीको राति ललितपुरको ढोलाहिटीमा दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार राति ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप भएको हो।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी शेखर खनालका अनुसार मृत्यु हुनेमा करिब २८ वर्षीय पूजन राई र रोबश राई छन्।

पूजन पाँचथर घर भई खुमलटार र रोबश धरान घर भई ढोलाइटी बस्दै आएको खनालले बताए।

उनीहरूमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारपछि राति करिब ११ बजे घाइते भएका दुबै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन।

दुबैको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।

Tags: