post-slider post-slider

इमानदार भारतीय नागरिक, जसले भेटेको १७ लाख धनीलाई बुझाए

Image
A A

कास्की- कालिगढ ४३ वर्षीय मनोहर पवँर कास्की पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्थे।

बिहीबार दिउँसो साढे १ बजे उनी पवँर वडा नम्बर ९ नयाँ बजारस्थित रहेको कृषि विकास बैंकमा रकम जम्मा गर्न हिँडे।

साहू ध्रुवकुमार सुनारले अह्राएपछि पवँर १७ लाख रकम झोलामा हालेर मोटरसाइकलको लेगार्डमा झुन्ड्याए।

तर, उक्त रकम बाटैमा हरायो। झोलासहित रकम हराएपछि पवँरले साहूलाई खबर गरे। उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराए।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार यसपछि प्रहरी परिचालन भयो। खोजी गर्दै जाँदा भारत घर भई पोखरा-३ पालिखे चोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले रकम फेला परेको भन्दै प्रहरीलाई खबर गरे।

भेटेको रकमबारे उनी आफैंले खटिएका प्रहरीलाई जानकारी दिएका थिए।

त्यसपछि शर्माले भेटेको रकम प्रहरीले पायो। र, ज्वेलर्सका  साहू सुनारलाई बोलाएर रकम बुझाइएको छ।

प्रहरी नायब उपरीक्षक शर्माका अनुसार छोटुलालको रोहबरमा उक्त रकम बुझाइएको छ।

Tags: